मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामेछाप बस दुर्घटनाको खबरले माओवादी अध्यक्ष प्रचण्ड मर्माहत

रामेछाप बस दुर्घटनाको खबरले माओवादी अध्यक्ष प्रचण्ड मर्माहत

बुधबार एक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले उक्त दुर्घटनामा परी ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

National life

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गर्दै दुर्घटनामा १३ जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताए।

'दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,' उनले लेखेका छन्। प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

रामेछापबाट काठमाडौं आउँदै गरेको बस सुनापती गाउँपालिकास्थित पीपलडाँडामा  दुर्घटना हुँदा नौ जनाको घटनास्थलमा र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रकाशित: Jul 06, 2022| 09:36 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।