चितवन- चितवनको माडिमा गएराति जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन्।
माडी नगरपालिका-९ कृष्णनगरका ५३ बर्षीका मंगल बोटेलाई हात्तिले आक्रमण गरेको हो। आफ्नो मकै बारिमा आएको हात्ती थपाउने क्रममा गएराति ११ बजे हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
उनी बघौडा अस्पतालमा उपचार पछि घर फर्किएका छन्। अहिले हात्ती जङ्ग तर्फ गएको प्रहरीले जनाएको छ।