मंगलबार, जेठ ५, २०८३

कावासोती शिव माविको कम्पाउण्डबाहिर एक जनाको शव फेला

नवलपुर (नवलपरासी पूर्व) कावासोती नगरपालिका-२ का जितबहादुर कामु मगर शिव माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर मृत भेटिएका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

National life

चितवन- नवलपुर (नवलपरासी पूर्व) कावासोती नगरपालिका-२ का जितबहादुर कामु मगर शिव माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर मृत भेटिएका छन्।

८२ वर्षीय मगर असार २० गते १० बजेको समयमा कावासोती बजार जान्छु भनी हिँडेकोमा राति अबेरसम्म घर नआएको भनेर खोजतलास गर्ने क्रममा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको हो। 

प्रहरीका अनुसार आज बिहान स्थानीय शिव माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर मृत अवस्थामा फेला परेको र थप अनुसन्धान कार्य भइरहेको छ।

प्रकाशित: Jul 06, 2022| 09:00 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।