बिहीबार, फागुन २१, २०८२

सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन्। उनीहरु अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जादै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन्।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

सिड्नी- अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन्। उनीहरु अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जादै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन्। 

अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भनाई छ। स्थानीय सरकारी अधिकारीहरूले पनि सुरक्षित स्थान तर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन्। झण्डै ५० हजार मानिस विस्थापित हुनुपर्ने उनीहरूले बताएका छन्।

पछिल्लो चार दिनमा झण्डै आठ महिनामा पर्ने वर्षा भएको छ। बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन्।

बाढीले न्यू साउथ वेल्सका धेरै ठाउँ बढी प्रभावित भएका छन्। 

ग्रेटर सिड्नी भनिने तीन ठूला सहर भएको भूभागमा अहिलेको आपतकालीन अवस्थामा १०० वटाभन्दा बढी स्थानान्तरणको निर्देशन जारी गरिएको छ।

kumari

जोखिम भएका ठाउँ छाड्न स्थानीय बासिन्दालाई गरिएको आग्रहलाई वेवास्ता नगर्न पनि अधिकारीहरूले ध्यानाकर्षण गराएका छन्। जोखिम भएका स्थानका व्यक्तिलाई अन्यत्र जानका लागि स्वयंसेवक तथा सुरक्षाकर्मीहरूले पनि सहयोग गर्ने व्यवस्था मिलाइएको छ। 

प्रकाशित: Jul 05, 2022| 23:50 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।