बिहीबार, फागुन २१, २०८२

टर्कीको जंगलमा आगो बाल्‍ने कुनै पनि गतिविधि गर्न नपाइने

टर्कीको जंगलमा आगोको प्रयोग गर्नु पर्ने कुनैपनि गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ। जंगलमा आगलागीका घटना धेरै भएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि जंगलमा आगो बाल्नु पर्ने कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाउने निर्णय भएको हो।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

इस्तानबुल- टर्कीको जंगलमा आगोको प्रयोग गर्नु पर्ने कुनैपनि गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ। जंगलमा आगलागीका घटना धेरै भएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि जंगलमा आगो बाल्नु पर्ने कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाउने निर्णय भएको हो। 

यही जुलाई महिनाको अन्त्यसम्म यो नियम लागू हुने अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्। इस्तानबुलका गभर्नर अलि यर्लिकायले सामाजिक सञ्जाल ट्वीटर मार्फत दिएको जानकारी अनुसार इन्धन सम्बन्धी गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ। 

विषेश गरेर जंगलमा गएर पकाउने, पोल्ने, आगो बाल्ने लगायतका काम नगर्न आग्रह गरिएको अधिकारीहरूले बताएका छन्। स्थानीय पार्क, बनभोज जाने ठाउँ, पर्यटकीय क्षेत्र लगायतमा यस्ता गतिविधि धेरै हुने गरेकाले त्यस क्षेत्रमा निगरानी पनि बढाइएको छ।

पछिल्लो समय जंगलमा भएका आगलागीका घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने केही जंगली जीव जन्तु तथा पक्षीहरू मरेका थिए। आगलागीका कारण धेरै वनस्पति जलेर नष्ट हुनुका साथै वातावरणमा पनि धेरै नकारात्मक असर परेको छ।   


प्रकाशित: Jul 06, 2022| 04:30 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।