बिहीबार, फागुन २१, २०८२

स्‍नातक गरेका एक हजार युवा अफगानिस्तानको प्रहरी सेवामा

अफगानिस्तानका विभिन्‍न प्रान्तको प्रहरी सेवामा स्‍नातक गरेका नयाँ युवाले सेवा सुरु गरेका छन्। अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो पटक एक हजार नयाँ स्नातक प्रहरी सेवामा प्रवेश गरेका हुन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काबुल- अफगानिस्तानका विभिन्‍न प्रान्तको प्रहरी सेवामा स्‍नातक गरेका नयाँ युवाले सेवा सुरु गरेका छन्। अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो पटक एक हजार नयाँ स्नातक प्रहरी सेवामा प्रवेश गरेका हुन्।

ती मध्ये ४०० प्रहरीले पाक्तीया प्रहरी प्रतिष्ठानमा प्रशिक्षण लिएका छन्। त्यसैगरी कान्दहर प्रान्तमा ६०० जनालाई प्रशिक्षण दिइएको छ।   अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले उनीहरूलाई कानुनको कार्यान्वयनका लागि विभिन्न प्रान्तहरूमा खटाइएको जनाएको छ। 

उनीहरूले लागू औषध दुरुपयोग नियन्त्रण गर्नेदेखि बालबालिकाको अपहरणलगायतका अपराध नियन्त्रण गर्नेसम्मका काममा योगदान गर्ने मन्त्रालयको भनाई छ।

प्रहरी शक्तिलाई बलियो बनाउने तालिवान सरकारको रणनीति अनुसार उनीहरूलाई प्रशिक्षित गरेर सेवामा प्रवेश गराइएको उच्च अधिकारीहरूले जनाएका छन्।  

प्रकाशित: Jul 06, 2022| 05:00 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।