आइतबार, मंसिर १७, २०८०

खोटाङको हलेसी तुवाचुङमा तिलुङ भाषाको पठनपाठन सुरु

हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठनपाठन सुरु गरिएको छ। कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट पठनपाठन सुरु गरिएको हो।
 |  मंगलबार, असार २१, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

हलेसी- हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठनपाठन सुरु गरिएको छ। कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट पठनपाठन सुरु गरिएको हो। 

sagarmatha cement

तिलुङ भाषाको पठनपाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार नगरप्रमुख विमला राईले विद्यालयलाई हस्तान्तरण गरेका छन्। तिलुङ भाषाको पठन/पाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो। 

पहिलो चरणमा वडा नं ३ च्यास्मिटारको बालविकास आधारभूत विद्यालय पिपचाहीबाट पठनपाठन सुरु गरिएको तिलुङ राई बुगाकिमले जनाएको छ। चालु शैक्षिक–सत्रबाट च्यास्मिटारकै पिपलटार आधारभूत विद्यालयमा पनि पठनपाठन सुरु गर्ने तयारी गरिएको जनाइएको छ। 

पिपलटार आधारभूत विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन बाँकी छ। लोपोन्मुख बनेको भाषाको संरक्षण र सम्वद्र्धनका लागि तिलुङभाषी विद्यार्थीको बाहुल्य रहेको विद्यालयमा सोही विषयलाई ऐच्छिक विषयका रूपमा समावेश गरिएको हो।

राईमध्ये कम जनसङ्ख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा पुगेको तिलुङभाषी विद्यार्थीको बाहुल्य भएका अन्य विद्यालयमा क्रमशः भाषाको पठनपाठन हुने नगरपालिकाले जनाएको छ। विसं २०७० जेठ १३ र १४ गतेको काठमाडौँमा भएको भेलाले पहिलोपल्ट तिलुङ भाषाको वर्ण निर्धारण तथा पहिचान गरेको थियो। 

वर्ण निर्धारणका क्रममा तिलुङ भाषाका व्यञ्जन वर्णहरु २२ वटा र स्वर वर्ण छवटा मात्र रहेको पत्ता लागेको थियो। कतिपय एक वर्णले अर्को वर्णको काम गर्ने गरेका कारण वर्ण सङ्ख्या कम पाइएको हो। तिलुङ भाषामा त, थ, ढ, ध, ण, श, ष, क्ष, त्र, ज्ञ लगायतका व्यञ्जन वर्ण तथा ई, ऐ, औ, ऋ, अं लगायतका स्वर वर्णहरु प्रयोगमा नआउने गरेको बुगाकिमले जनाएको छ। प्रायः राई भाषामा घ, झ, ढ, भ, श, ष, क्ष, त्र, ज्ञ लगायतका वर्णहरु नभेटिने र प्रयोगमा नआउने भाषाविद् बताउँछन्।

यस्तै आफ्नो भाषालाई पुस्तकमा दस्तावेजीकरणका लागि २०७१ वैशाख तेस्रो साता च्यास्मिटारका तिलुङभाषी बूढापाकालाई काठमाडौँमा लगेर तिलुङ भाषाको शब्द संकलन गरिएको थियो। तिलुङ भाषाको संरक्षणका लागि २०६८ साल साउन ७ गते चाबहिलमा भएको भेलाले पहिलोपल्ट हिमालसेर तिलुङ राईको संयोजकत्वमा तिलुङ भाषा तथा संस्कृति उत्थान समिति गठन गरेको थियो।

खोटाङको च्यास्मिटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा, डिकुवा तथा उदयपुरको लेखगाउँ, बाँसबोटे, रिस्कु, रुपटार, ठानागाउँ, तावाश्री, ओखलढुङ्गाको सल्ले, सिराहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौँलगायतका ठाउँमा तिलुङ राईको बसोबास छ। खोटाङमा बूढापाकाको अन्त्यसँगै तिलुङ राई भाषाको अस्तित्व सङ्कटमा पर्दै गएको छ। 

प्रकाशित: Jul 05, 2022| 22:50 मंगलबार, असार २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।