मंगलबार, कात्तिक ४, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • स्विट्‌जरल्याण्डकी राजदूत एलिजाबेथ सुर्खेतमा, मुख्यमन्त्री शाहीसँग भेट

स्विट्‌जरल्याण्डकी राजदूत एलिजाबेथ सुर्खेतमा, मुख्यमन्त्री शाहीसँग भेट

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ।

Kumaribank

मुख्यमन्त्री शाही र राजदूत क्याप्लबीच आज भेटवार्ता भएको हो। भेटमा सङ्घीयता, कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था र सडक गुरुयोजना तयारीलगायतका विषयमा छलफल भएको थियो। खासगरी स्वीट्जरल्याण्ड सरकारले कर्णालीमा सञ्चालन गरेका परियोजना हेर्न आउनुभएका राजदूत क्याप्लरले द्वन्द्वपीडितका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामको बारेमा जानकारी लिए।

'स्वीट्जरल्याण्ड सरकारको सहयोगमा सीएमसी नेपालले यहाँका तीन जिल्लाका छ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरेको छ,' राजदूत क्यापलरले भने, 'द्वन्द्वपीडितको स्वास्थ्यमा परिरहेको असर न्यूनीकरणमा प्रदेश सरकार अझै गम्भीर बन्नुपर्छ।'

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए। उनले राहत, जीवन निर्वाह भत्ता, औषधि उपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा काम गरिरहेको जनाए। 


प्रकाशित: Jul 05, 2022| 22:00 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।