बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतको मणिपुर पहिरोमा ४८ को मृत्यु, छैटौँ दिन पनि खोजीकार्य जारी

भारतको मणिपुर पहिरोमा ४८ को मृत्यु, छैटौँ दिन पनि खोजीकार्य जारी

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरो परी हालसम्म ४८ जनाको मृत्यु भएको पुष्टि भएको छ। बेपत्ता भएकाहरूको खोजीकार्य मङ्गलबार छैटौँ दिन पनि जारी छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

kumari

मणिपुर- भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरो परी हालसम्म ४८ जनाको मृत्यु भएको पुष्टि भएको छ। बेपत्ता भएकाहरूको खोजीकार्य मङ्गलबार छैटौँ दिन पनि जारी छ। 

६ दिनअघि नोने जिल्लाको टुपुल यार्ड रेलवे निर्माण शिविरमा पहिरो गएको थियो। यहाँ प्रमुख रेलवे लाइन निर्माणस्थलको सुरक्षा गरिरहेका धेरैजसो कर्मचारी मृत्यु भएको थियो।

राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवक र अन्यका ४०० भन्दाबढी कर्मचारी उद्धारकार्यमा संलग्न रहेको अधिकारीले बताएका छन्। पहिरोले तामेङलङ र नोनी जिल्लाबाट बग्ने खोला पूर्णरुपमा अवरुद्ध भएको छ।

प्रकाशित: Jul 05, 2022| 16:23 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।