काठमाडौं- म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुइन खुट्टामा लागेको चोटका कारण तीन महिना मैदान बाहिर रहने भएका छन्।
बुधबार प्रशिक्षणका क्रममा उनको चोटले ठुलो रुप लिएपछि मैदान बाहिर रहने पक्का भएको हो। उनी आइतबार आर्सनलसँग भएको खेलको दोस्रो हाफमा मैदान बाहिरिएका थिए।
२७ बर्षिय ब्रुइनको दाहिने खुट्टाको घुडाँको लिगामेन्ट च्यात्तिएको क्लबले बताएको छ। तर, उक्त चोटका लागि सर्जरी गर्नुपर्ने आवश्यकता नरहेको बताइएको छ। उनले यहि चोटका कारण २०१६ मा इपिएल कपका १२ खेल गुमाएका थिए। उनी २०१६ मा प्रिमियर लिगको सेमिफाइनल खेलमा एभर्टनसँग खेल्दा चोट ग्रस्त भएका थिए।
ब्रुइनले गत सिजन प्रिमियर लिगमा १२ गोल र २१ असिस्ट गरेका थिए। जहाँ सिटीले प्रिमियर लिग र इपिएल कप जितेको थियो । रुस विश्वकपमा उनले बेल्जियमलाई तेस्रो स्थान सम्म पुर्याउनका लागि महत्वपुर्ण भूमिका खेलेका थिए।
‘केभिनको प्रतिस्थापन गर्न सजिलाने छैन।’ सिटी प्रबन्धक पेपे गार्डिओलाले भने, ‘उनी विना हामी आफ्नो सर्वश्रेष्ठ प्रयास गर्न जादै छौ र उनी आउन्जेल सम्म हामी उच्च स्तरमा रहने प्रयास गर्ने छौं।’ ब्रुइनले लिगमा ७ अक्टोवरमा लिभरपुल, २८ अक्टोवरमा टोटनह्याम, ११ नोभेम्वरमा म्यानचेस्टर युनाइटेडसँग र शुरुवाती च्याम्पियन्स लिग समूह खेल गुमाउन सक्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४