बुधबार, कात्तिक १९, २०८२

मादी सामूहिक हत्याकाण्ड : चार जनालाई आजीवन कैदको फैसला

संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका अभियुक्तमध्ये चारलाई आजीवन काराबासको फैसला सुनाइएको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९
Kumaribank
Metro Mart

काठमाडौं– संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका अभियुक्तमध्ये चारलाई आजीवन काराबासको फैसला सुनाइएको छ। जिल्ला अदालत संखुवासभाले सोमबार पुर्पक्षमा थुनामा रहेकामध्ये चार अभियुक्तलाई आजीवन काराबासको फैसला सुनाएको हो। 

अदालतले सबैलाई २ लाख रुपैयाँका दरले क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ। आजीवन काराबास सुनाइएकाहरूमा मादी नगरपालिका–१ उम्लिङ खोलागाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्की छन्।

१७ वर्षीय किशोरलाई भने अदालतले १६ वर्ष कैदको फैसला सुनाएको छ। गत वर्ष भदौ २१ गते मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्या भएको थियो। ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

प्रकाशित: Jul 05, 2022| 12:29 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।