शुक्रबार, पुस ४, २०८२

विनोद शाही मृत्यु प्रकरण : अछाम सदरमुकाममा निषेध आदेश

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या आरोपीलाई बचाउन प्रयास गरिएको भन्दै स्थानीयबासीले आन्दोलन चर्काएपछि स्थिति तनावग्रस्त बनेको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं– अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या आरोपीलाई बचाउन प्रयास गरिएको भन्दै स्थानीयबासीले आन्दोलन चर्काएपछि स्थिति तनावग्रस्त बनेको छ। स्थानीयबासीको आन्दोलनले उग्र रूप लिन थालेपछि प्रशासनले मंगलबार बिहानैदेखि सदरमुकाम मंगलसेन आसपासमा निषेध आदेश जारी गरेको छ। 

National life

मृतक शाहीका आफन्तले सोमबारदेखि नै हत्याका आरोपीलाई कडा कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन थालेपछि निषेध आदेश जारी गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ। 

यसअघि सोमबार स्थानीयवासी र प्रहरीबीच मुठभेड नै भएको थियो। हत्यामा संलग्न भनिएकाहरूलाई जोगाउन सरकारी वकिल कार्यालयले नै भूमिका खेलेको आरोप लगाउँदै मृतक शाहीका आफन्त आन्दोलनमा उत्रिएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो। 

सोमबार बिहानै मृतक शाहीका आफन्त नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न पुगेका थिए। उनीहरूलाई रोक्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच झडपको भएको थियो केही घाइतेसमेत भएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ फायर समेत गरेको छ। 

मंगलबार पनि मृतकका आफन्तले प्रदर्शनको तयारी गरेपछि स्थानीय प्रशासनले निषेध आदेश जारी गरेको हो। प्रहरीले शाहीको हत्याको आरोपमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित १३ जनालाई नियन्त्रणमालिएको छ।  शाहीको हत्यामा संलग्न भएको भन्दै उनीसहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए।

Laxmi sunrise bank
kumari

शाही गत जेठ १७ गतेदेखि हारइरहेकामा २१ गते मृत भेटिएका थिए। 

प्रकाशित: Jul 05, 2022| 10:57 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।