सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

धनकुटाकी हिमा बस्नेत प्रदेशसभा सदस्यमा मनोनीत

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले राजीनामा दिएपछि रिक्त रहेको समानुपातिक सिटमा बस्नेतलाई मनोनयन गरिएको हो।
 |  मंगलबार, असार २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

विराटनगर- धनकुटाकी हिमा बस्नेत (भट्टराई) प्रदेशसभा सदस्यमा मनोनित भएकी छिन्। प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले राजीनामा दिएपछि रिक्त रहेको समानुपातिक सिटमा बस्नेतलाई मनोनयन गरिएको हो। 

triton college

सरकारी छाप र  दस्तखत किर्ते गरेको अभियोग प्रमाणित भएपछि नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी खातुनले गत बुधबार राजीनामा दिएकी थिईन्। राजीनामा बिहीबार स्वीकृत भएको थियो। 

खातुनको मुद्दा दोहोर्याउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेपछि राजीनामा दिएकी हुन्। खातुनले सरकारी छाप किर्ते गरेको आरोप लागेको थियो। किर्ते मुद्दामा जिल्ला अदालत मोरङले २०७४ बैशाख ३१ गते एक वर्ष कैद सजाय सुनाएको थियो। जिल्लाको फैसला विरुद्ध खातुन २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन। २०७६ पुस ६ गते उच्चले उनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। 

उच्चको फैसला विरुद्ध खातुनले २०७६ फागुन ११ गते सर्वोच्चमा निवेदन दिएकी थिइन्। सर्वोच्चले सुनुवाईका लागि निस्सा दिएको थिएन। अल्पसंख्यक कोटाबाट बन्द सूचीमा अन्य महिला कोही पनि नभएको कारण खस आर्य कोटाबाट बस्नेत सांसद बनेकी हुन्।

नेकपा एमालेको प्रदेश १ समिति सदस्यसमेत रहेकी बस्नेतलाई निर्वाचन आयोगले सोमबार पत्र दिएको एमाले नेता हिक्मतकुमार कार्कीले जानकारी दिए। बस्नेतलाई मंगलबारको प्रदेश सभामा सपथ ग्रहण गराउने प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।

Metro Mart
vianet

प्रकाशित: Jul 05, 2022| 07:47 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।