सोमबार, चैत २, २०८२

'नयाँ पाकिस्तान' का प्रधानमन्त्री बने पूर्वक्रिकेटर खान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पूर्वक्रिकेट स्टार इमरान खान पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। शुक्रबार भएको मतदानमा १७६ मत प्राप्त गर्दै उनी प्रधानमन्त्री चुनिएका हुन्।

खानले चुनाव अभियानकै क्रममा 'नयाँ पाकिस्तान' बनाउने घोषणा गरेका थिए। खानका प्रतिद्वन्दी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष शहबाज सरिफले ९६ मत प्राप्त गरे।
 
उनले शनिबार सपथ ग्रहण गर्ने बताइएको छ। जुलाईमा भएको चुनावमा उनको पार्टी पीटीआईले सबैभन्दा बढी सिट जितेको थियो। खानले राजनीतिमा प्रवेश गरेको दुई दशक भएको छ । उनले अन्य साना पार्टीको सहयोगमा प्रधानमन्त्री बन्ने अवसर पाएका हुन्। 

६५ बर्षीय खान एक विकासोन्मुख देशका प्रधानमन्त्री बनेको बीबीसीले जनाएको छ। उनले यससँगै ‘नयाँ पाकिस्तान’ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्रिकेट स्टार खानले सन् १९९२ मा पाकिस्तानी क्रिकेट टिमको कप्तानी सम्हाल्दै विश्वकपको उपाधि दिलाएका थिए। अब भने उनले देशको कप्तानी सम्हाल्ने छन्। 

भष्टाचारविरोधी अभियानलाई अगाडि बढाउने उनले उल्लेख गरेका छन्। पाकिस्तानलार्इ ‘इस्लामी कल्याणकारी राज्य’ बनाउने बाचा गरेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।