बिहीबार, फागुन २१, २०८२

पेरुमा कोरोना संक्रमितको संख्या ७० प्रतिशतले वृद्धि

पेरुमा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ७० प्रतिशतले वृद्धि भएको छ। सरकारी अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार पछिल्लो हप्ता पेरुमा १७ हजार ८४१ जना सङ्क्रमित भएका छन्। यो सङ्ख्या अघिल्लो हप्ताको भन्दा ७० प्रतिशतले बढी भएको जनाइएको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

लिमा- पेरुमा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ७० प्रतिशतले वृद्धि भएको छ। सरकारी अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार पछिल्लो हप्ता पेरुमा १७ हजार ८४१ जना सङ्क्रमित भएका छन्। यो सङ्ख्या अघिल्लो हप्ताको भन्दा ७० प्रतिशतले बढी भएको जनाइएको छ।

दक्षिण अमेरिकी यस मुलुकमा कोरोना भाइरसबाट अहिलेसम्म ३६ लाख ३४ हजार ९१८ जना सङ्क्रमित भएका छन्। त्यसैगरी अहिलेसम्म दुई लाख १३ हजार ५४५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। 

स्वास्थ्य मन्त्रालयले ३० बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू बढी प्रभावित भएको देखिएको जनाएको छ। पेरुमा अहिलेसम्म सात करोड ८० लाखभन्दा बढी खोप लगाइसकिएको छ। दुई करोड ७० लाखभन्दा बढीले खोपको दुवै मात्रा लगाएका छन्। 

त्यसैगरी एक करोड ८० लाख भन्दा बढीले कोभिडविरूद्धको खोपको तीन मात्रा लगाएका छन् भने २० लाखभन्दा बढीले चौथो मात्रा पनि लगाएका छन्। 


प्रकाशित: Jul 05, 2022| 05:30 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।