बिहीबार, फागुन २१, २०८२

सिरियाली शरणार्थी फिर्ता गर्ने लेबनानको घोषणा

लेबनानले सिरियाबाट आएर शरणार्थी भएकाहरूलाई स्वदेश फर्काउने योजना सार्वजनिक गरेको छ। प्रत्येक महिना १५ हजार शरणार्थीलाई सिरिया फर्काउने योजना लेबनान सरकारले बनाएको हो।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

लेबनान- लेबनानले सिरियाबाट आएर शरणार्थी भएकाहरूलाई स्वदेश फर्काउने योजना सार्वजनिक गरेको छ। प्रत्येक महिना १५ हजार शरणार्थीलाई सिरिया फर्काउने योजना लेबनान सरकारले बनाएको हो। 

लेबनानका विस्थापित व्यवस्थापन मन्त्री इस्साम चाराफेड्डीनले सोमबार दिएको जानकारीअनुसार योजनालाई कडाइका साथ कार्यान्वयन गर्ने अठोट सरकारले लिएको छ।

योजनालाई कार्यान्वयन गर्नका लागि दुई वटा छुट्टा छुट्टै समिति बनाउने तयारी भइरहेको पनि उनले बताए।  एउटा समितिमा लेबनान, सिरिया र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्च आयुक्तको कार्यालयका प्रतिनिधि रहनेछन् भने अर्को समितिमा लेबनान, टर्की, जोर्डन र इराकका प्रतिनिधिहरू रहने भएका छन्।   

सिरियाली शरणार्थीहरूले भने सिरियाको युद्ध अन्त्य नहुँदासम्म त्यहाँ बस्ने अवस्था नरहेकाले आफूहरू फर्किन नचाहेको बताउने गरेका छन्। तर, सिरियाली सरकारले भने लेबनान सरकारको यो योजनामा सहयोग गरेको लेबनानका मन्त्री चाराफेड्डीनले बताएका छन्।

स्वदेश फर्किने शरणार्थीहरूका लागि बाटो, विद्यालय, अस्पताललगायतका विभिन्न भौतिक विकास निर्माणका कार्यहरू गरिदिने सिरियाले जनाएको छ। आफ्ना जनतालाई स्वागत गर्न र व्यवस्थापन गर्न आफू सधैँ तयार रहेको सिरियाली सरकारको भनाइ छ।

kumari

प्रकाशित: Jul 05, 2022| 05:00 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।