मंगलबार, चैत १७, २०८२

ढाकाको राजधानी बन्यो तेह्रथुम

म्याङलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरेका हुन्।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

तेह्रथुम- तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरेको हो। म्याङलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरेका हुन्।

National life

हाते तानबाट ढाकाको कपडा उत्पादन गरिन्छ। ढाका कपडा बुन्ने सीप र कलालाई प्रचारप्रसार गर्न, व्यवसायीकरण र विविधीकरणका लागि सरकारले ढाका कपडाको राजधानी घोषणा गरेको मन्त्रालयले जनाएको छ। 

‘तेह्रथुमको ढाका कपडा गुणस्तरीय र प्रसिद्ध पनि छ। तर कपडाको बजारीकरणमा सरकारको ध्यान पुगेको पाइएन,’ मन्त्रालयका सचिव पोखरेलले भने, ‘सीप विकास र बजारीकरणमा पनि अगाडि बढाउनुपर्छ भनेर नै मन्त्रालयको चाहनाअनुसार राजधानी घोषणा गरिएको हो।’

म्याङलुङ नगरपालिका प्रमुख संजय कुमार तुम्बाहाङफेले ढाकाको राजधानी घोषणा भएपछि ढाकाका कपडाको व्यवसायीकरण गर्न अझ सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा १ सय ४५ वटा ढाका कपडा उद्योग दर्ता भएर सञ्चालनमा छन्। तर थुप्रै उद्योग दर्ताविना नै सञ्चालनमा रहेको आकलन गरिएको छ। 

kumari

प्रकाशित: Jul 04, 2022| 22:29 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।