सोमबार, कात्तिक १०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ९६ प्रतिशतले अक्षर चिन्‍ने भएपछि भीमदत्त साक्षर पालिका घोषणा

९६ प्रतिशतले अक्षर चिन्‍ने भएपछि भीमदत्त साक्षर पालिका घोषणा

भीमदत्त नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ। नगरपालिकामा बसोबास गर्ने ९६ दशमलव ४३ प्रतिशत बासिन्दा अक्षर लेख्‍न र चिन्न सक्ने भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको हो।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

कञ्‍चनपुर- भीमदत्त नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ। नगरपालिकामा बसोबास गर्ने ९६ दशमलव ४३ प्रतिशत बासिन्दा अक्षर लेख्‍न र चिन्न सक्ने भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको हो। 

Kumaribank

साक्षरता घोषणाका लागि सूचक पूरा भएकाले साक्षर नगरपालिका घोषण गरिएको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए। उनका अनुसार नगरपालिकाभर रहेका १५ देखि ६० वर्ष उमेर समूहका कूल ७७ हजार ४७ जनसङ्ख्यामध्ये ७२ हजार ६३३ जना साक्षर छन्। नगरमा अब चार हजार ४१४ अर्थात् (५ दशमलव ७३) प्रतिशत मात्रै निरक्षर रहेका छन्।

सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ। शिक्षा शाखा प्रमुख जोशीका अनुसार नगरपालिकालाई साक्षरता अभियान सञ्चालनका लागि जनसङ्ख्याको घरधुरी सर्वेक्षण, सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीसँग छलफल, साक्षर भएका व्यक्तिहरूलाई साक्षरता प्रमाणपत्र वितरण लगायतका कार्य गरिएको हो।

निर्धारण गरिएका राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाइ लेखाइ गर्न सक्ने, मोबाइल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा ९ सम्मको अंब लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचकमध्ये ६ वटा पूरा भए साक्षर घोषणा गर्न सकिने व्यवस्था छ।

नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न नगर साक्षर घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, विशिष्ट अतिथि जिल्ला समन्वय उपप्रमुख रामकुमारी राना, नगर उप–प्रमुख नीलम लेखक जोशी, प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेलगायत उपस्थिति थियो। 

Metro Mart

प्रकाशित: Jul 04, 2022| 21:11 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।