मंगलबार, चैत १७, २०८२

मोरङको रतुवामाईमा खाल्डोभित्र युवतीको शव फेला

मोरङको रतुवामाई–२ डोरियामा पानी जमेको खाल्डोभित्र एक युवतीको शव भेटिएको छ। करिब २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

National life
kumari

विराटनगर– मोरङको रतुवामाई–२ डोरियामा पानी जमेको खाल्डोभित्र एक युवतीको शव भेटिएको छ। करिब २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ। 

मृतकको पहिचान खुलेको छैन। स्थानीयले शव देखेपछि सोमबार बिहानै प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमका लागि रंगेली अस्पताल ल्याइएको छ। 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिएका छन्। शवको पहिचान नभएकाले आफन्तको खोजी गर्दै मृतकको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 04, 2022| 18:53 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।