बिहीबार, फागुन २१, २०८२

डेनमार्कको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु

डेनमार्कको एउटा ठूलो सपिङ मलमा एक जना बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- डेनमार्कको एउटा ठूलो सपिङ मलमा एक जना बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। आक्रमणमा परी अन्य धेरै मानिस घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्।

दक्षिणी कोपनहेगनको फिल्ड्स सपिङ मलमा आतङ्क फैलाउनेगरी आक्रमण गरेको आरोपमा स्थानीय प्रहरीले २२ वर्षीय एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

आक्रमणको कारण खुल्न नसकेको त्यहाँका प्रहरी प्रमुख सोरेन थोमसनले बताए। प्रधानमन्त्री मेट फ्रड्रिक्सेनले सुरक्षित राजधानी केही बेरमै ‘आतंकपूर्ण’ भएको भन्दै मृतकहरूका आफन्तलाई समवेदना दिएकी छिन् र संयमित रहन सबैलाई आग्रह गरेकी छिन्।

डेनमार्कको राजपरिवारले पनि घटनामा मारिएका आफन्तहरूलाई समवेदना दिएका छन्। डेनमार्कको सबैभन्दा ठूलो उक्त सपिङ मलमा १४० भन्दा धेरै रेस्टुरेन्टहरू छन्। त्यहाँ किनमेल गर्ने थुप्रै पसलहरू पनि छन्।

प्रकाशित: Jul 04, 2022| 08:46 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।