शुक्रबार, मंसिर १२, २०८२

युवामैत्री स्थानीय शासन बनाउन प्रतिबद्धता

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई युवामैत्री स्थानीय तह घोषणाका लागि कार्ययोजना बनाउन प्रतिबद्धता गरिएको छ। युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन जनप्रतिनिधि र युवाहरुको लागि क्षमताअभिवृद्धि कार्यक्रमको समापनमा ७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई युवामैत्री स्थानीय तह घोषणाका लागि कार्ययोजना बनाउन प्रतिबद्धता गरिएको छ। युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन जनप्रतिनिधि र युवाहरुको लागि क्षमताअभिवृद्धि कार्यक्रमको समापनमा ७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।

National life

दुई महिनाभित्र युवामैत्री स्थानीय शासनको अवलम्बन तथा कार्यान्वयनका लागि वर्तमान अवस्था विश्लेषण तथा आगामी पाँच वर्षको मार्गदर्शन तयार गर्ने, नगरपालिकाका जनप्रतिनिधिहरु, विषयगत शाखा, कर्मचारी र बहुसरोकारवालाहरुसँग नियमित अन्तरक्रिया, छलफल र अभिमुखीकरणलाई निरन्तरता दिन कार्यक्रममा सहभागीहरुले प्रतिबद्धता जनाएका छन्।

तिलोत्तमा नगरपालिकामा रहेका विभिन्‍न विषयगत, विकास र अभियानसँग सम्बन्धित संरचनाहरुमा युवाहरुको अर्थपूर्ण र समान सहभगिता  प्रभावकारी बनाउन सामूक पहल गर्ने तथा युवाहरुको खेलकुद, स्वास्थ्य, शिक्षा, अनलाइन सुरक्षा , लागुपदार्थ दुर्व्यसनी, इत्यादी सवालहरुमा आआफ्नो ठाउँबाट सचेतना वृद्धि गर्ने समेत प्रतिबद्धतामा उल्लेख गरिएको छ। तिलोत्तमा नगरपालिकामा युवामैत्री स्थानीय शासनका ७ रणनीति, ४६ कार्यनीति, ४५ सुचकहरुको स्थानीयकरण गर्र्दै ४ चरणहरुका आधारमा क्रमश युवामैत्री स्थानीय शासन बनाउने गरि प्रतिबद्धता तयार पारिएको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिए।

युवामैत्री स्थानीय शासनको आवश्यकता र यसले समग्र विकासमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै तिलोत्तमा नगरपालिकाको संयोजन, राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडीपी र युनिसेफ नेपालको संयुक्त आयोजनामा शुक्रबारदेखि आइतबारसम्म युवामैत्री स्थानीय शासन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा यस्तो प्रतिबद्धता गरिएको हो। तिलोत्तमा नगरपालिकालाई युवामैत्री स्थानीय शासन बनाउनका लागि जनप्रतिनिधि र कर्मचारी प्रशासनले समेत प्रतिबद्धता जनाएका छन।

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले स्थानीय तहहरुले अब आफूलाई युवामैत्री स्थानीय शासन बनाउनुपर्ने बताए। उनले प्रतिबद्धता जनाएपनि नजनाएपनि स्थानीय तहहरुले आफूलाई त्यहाँ पुर्‍याउनैपर्ने बताए।

Laxmi sunrise bank
kumari

युवाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहदेखि नै युवाका सवालहरु शासन प्रणालीमा जोड्दै, उनीहरुको सक्रिय सहभागिता, संलग्नता र सहकार्यमा संचालन गरिने शासन प्रणाली युवामैत्री स्थानीय शासन बनाउनका लागि कार्यक्रम शुरु गरिएको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाविक विकास सभापती रवि सेन्चुरीले बताए। उनले तिलोत्तमा नगरपालिकाले युवामैत्री स्थानीय शासनका रुपमा आफूलाई स्थापित गर्ने गरि काम थाल्ने बताए।

राष्ट्रिय युवा परिषदसँग सहकार्य गरेर नेपालमा ७ वटा प्रदेशका ७ स्थानीय तहलाई नमूनाका रुपमा पहिलो चरणमा युवामैत्री स्थानीय शासन घोषणा गर्ने गरि अभियान शुरुवात भएको छ।  राष्ट्रिय युवा नीतिले १६ देखि ४० बर्ष उमेर समुहका नागरिकहरुलाई युवाको परिभाषामा समेटेको छ।

प्रकाशित: Jul 03, 2022| 19:15 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।