मंगलबार, जेठ ५, २०८३

पञ्चदेवलकी मेयर चलाउने प्रहरी नियन्त्रणमा

मेयर चलाउने शनिबार आफैँ प्रहरी कार्यालय पुगेको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिए। उक्त घटनाका विषयमा हालसम्म ७ जना पक्राउ परेका छन्।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन्।  पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षका विनोद शाहीको मृत्यु प्रकरणमा आरोपित नवनिर्वाचित मेयर चलाउनेलाई  प्रहरीले नियन्त्रणमा लिएको हो।

National life

मेयर चलाउने शनिबार आफैँ प्रहरी कार्यालय पुगेको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिए। उक्त घटनाका विषयमा हालसम्म ७ जना पक्राउ परेका छन्। 

वैशाख १७ गते बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिकाका शाहीको शव २० गते भेटिएको थियो। जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। 

नेकपा एमालेले शाहीको हत्या प्रहरी प्रशासनको बलमा नेपाली कांग्रेसका कार्यकर्ताबाट भएको आरोप लगाउँदै आएको छ। तर कांग्रेसले भने उक्त आरोपको खण्डन गर्दै आएको छ। 


प्रकाशित: Jul 03, 2022| 18:52 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।