मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • इन्जिनियर आत्महत्या प्रकरण : मिटरब्याजीसँग प्रहरी मिलेको परिवारको आरोप

इन्जिनियर आत्महत्या प्रकरण : मिटरब्याजीसँग प्रहरी मिलेको परिवारको आरोप

मिटरब्याजीको दबाबका कारण विष सेवन गरी आत्महत्या गरे बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४ दहियारका इन्जिनियर प्रभात जैसवालले। उनले आत्महत्या गरेको दुई महिना बितिसकेको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं– मिटरब्याजीको दबाबका कारण विष सेवन गरी आत्महत्या गरे बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४ दहियारका इन्जिनियर प्रभात जैसवालले। उनले आत्महत्या गरेको दुई महिना बितिसकेको छ। 

National life

पर्साको बहुअर्वामा डिस्टिलरी कम्पनी सञ्चालन गरिरहेका जैसवाल गत ९ जेठमा आफ्नै घरमा मृत भेटिएका थिए।

उनको अन्त्येष्टिपछि घर सफा गर्ने क्रममा उनको पर्समा सुसाइड नोट भेटिएको थियो। उक्त नोटमा आठ जना मिटरब्याजीको नाम र फोन नम्बर पनि उल्लेख छ। नोटमा लेखिएको छ, ‘‘मिटरब्याज तिर्न नसकेपछि अप्रिय निर्णय लिन बाध्य भएँ।’ मृतकले आफूलाई आठ जना मिटरब्याजीले दुःख दिएको भन्दै उनीहरूको नामसमेत उक्त नोटमा लेखेका छन्।

प्रभातको मृत्युपछि परिवारले सुसाइड नोटमा नाम उल्लेख भएका व्यक्तिहरुविद्ध प्रहरीमा जाहेरी दिन खोज्यो। तर, प्रहरीले भने जाहेरी लिन नमानेर उल्टैपीडा थपेको परिवारको गुनासो छ। 

परिवारले जेठ ३० गतेदेखि जाहेरी दर्ताका लागि प्रयास गरेको भए पनि अहिलेसम्म जाहेरी दर्ता भएको छैन। प्रहरीले सुसाइड नोटमा नाम उल्लेख भएका पीडकसँग लेनदेन गरी जाहेरी दर्ता नगरेको आशंका आफन्तको छ।

Laxmi sunrise bank
kumari

मिटरब्याजीविरुद्ध परिवारले आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी लिएर प्रहरीसमक्ष गएका थिए। जिप्रका बाराले भने मृतकको १० पृष्ठ लामो अर्को लिखतसँग सुसाइड नोटको अक्षर तुलना गर्नुपर्ने बताएर जाहेरी दर्ता नगरेको परिवारका सदस्यको भनाइ छ। चिठी र मृतकको हस्ताक्षर परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको र हस्ताक्षर मिलेर आए मुद्दा दर्ता गरिने प्रहरीले बताएको छ। सुसाइड नोट अन्त्येष्टिपछि भेटिएको थियो।

प्रकाशित: Jul 03, 2022| 17:39 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।