मोरङ- प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक (बजेट) आज पारित हुने भएको छ। विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारको तर्फबाट मन्त्रीहरू र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ।
शनिबार झण्डै ५ घण्टा चलेको संसद बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित अन्य १२ जना मन्त्रीले दिएका थिए।
सरकारको जवाफपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराउन आज १२ बजेसम्मको लागि सभामुख प्रदिपकुमार भण्डारीले समय प्रदान गरेका छन्।
खर्च कटौतीको प्रस्ताव पेश भएर त्यसलाई निर्णयार्थ पेश गरेपछि बिनियोजन विधेयक निर्णयार्थ प्रदेशसभामा पेश हुनेछ। आज १ बजेको लागि बैठक आह्वान गरिएको छ।