शनिबार, मंसिर ६, २०८२

फुल कन्ट्याक्ट कराँतेमा सन्तोष र मञ्जु पहिलो

बाग्मती प्रदेशका सन्तोष विश्वकर्मा र नेपाल आर्मीकी मञ्जु विकले राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। खुला स्पर्धाको पुरुषमा सन्तोष र महिलामा मञ्जु च्याम्पियन बनेका हुन्।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- बाग्मती प्रदेशका सन्तोष विश्वकर्मा र नेपाल आर्मीकी मञ्जु विकले राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। खुला स्पर्धाको पुरुषमा सन्तोष र महिलामा मञ्जु च्याम्पियन बनेका हुन्।

National life

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष खुला फाइनलमा सन्तोषले मधेस प्रदेशका विश्व लामालाई पराजित गरे। आर्मीका सनी सिंह तेस्रो र बाग्मतीका विक्रम मोक्तान चौथो भए।

महिला खुलाको उपाधि भिडन्तमा मञ्जुले आर्मीकै विन्दु पुनलाई हराइन्। बाग्मतीकी निशा चौधरीले कांस्य जितिन् भने प्रदेश १ की सुस्मिता राई चौथो बनिन्। पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार र चौथोले १० हजार नगद पुरस्कार हात पारे।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि मदेसका धर्मेन्द्र रायले स्वर्ण जिते। उनले फाइनलमा गण्डकी प्रदेशका अनिल बरामलाई पाखा लगाए । आर्मीका सुनिल कुँवर तेस्रो तथा मदेसका एलिस बम्जन चौथो स्थानमा रहे। शीर्ष चार स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए।

विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्व अध्यक्ष विनोद श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत  गरे। दुई दिने प्रतियोगितामा १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सन्जु महर्जनले जनाएकी छन्। पुरुषमा २ र महिलामा १ गरी ३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 03, 2022| 11:07 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।