शुक्रबार, मंसिर १२, २०८२

पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्‍ने विषयमा सर्वदलीय विरोध

पोखरा महानगरपालिका–३३ भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने तयारी गरिएको भन्दै त्यसको विरुद्धमा राजनीतिक दलहरू एकताबद्ध भएका छन्।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

पोखरा- पोखरा महानगरपालिका–३३ भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने तयारी गरिएको भन्दै त्यसको विरुद्धमा राजनीतिक दलहरू एकताबद्ध भएका छन्। 

National life

पोखरा–३३ मा क्रियाशील राजनीतिक दलको शनिबार सम्पन्‍न सर्वदलीय बैठकले समग्र महानगरपालिकाको फोहोर व्यवस्थापन गर्न पोखरा महानगरपालिका–३३ टिमुरपाटामा प्रस्ताव गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा नगरसभामार्फत जग्गा प्राप्ति र निर्माण प्रक्रिया सुरुआत गर्न १० करोड रुपैयाँ प्रस्ताव गरिएको भन्दै बैठकले उक्त कार्य रोक्न र निर्णय सच्याउन पोखरा–३३ वडा कार्यालयमार्फत महानगरपालिका र प्रमुख धनराज आचार्यसँग माग गर्ने सर्वसम्मत निर्णय गरेको छ।

वडास्तरमा कुनै सल्लाह र छलफल नै नगरिएको भन्दै बैठकले आफूहरूको जायज मागलाई सम्बोधन नगरिएमा क्रमबद्ध रुपमा जनस्तरबाट नै सङ्घर्ष सुरु गरी उक्त कार्यलाई रोक्ने निर्णय गरेको छ।

उक्त कार्यलाई रोक्न र अविलम्ब नगरसभाबाटै सच्याउन दलहरूका तर्फबाट संयुक्त ज्ञापनपत्र महानगरप्रमुखसमक्ष बुझाउने निर्णय गरिएको छ। 

Laxmi sunrise bank
kumari

निर्णयमा पोखरा–३३ का नेपाली कांग्रेसका सभापति तिलकप्रसाद अधिकारी, नेकपा एमालेका अध्यक्ष दीपकराज लामिछाने, नेकपा (माओवादी केन्द्र)का यज्ञप्रसाद अधिकारी (साना), नेकपा समाजवादीका मनोहर शर्मा आचार्य, जनता समाजवादी पार्टीका किरण थापा लगायतले हस्ताक्षर गरेका छन्। 

प्रकाशित: Jul 02, 2022| 22:50 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।