शनिबार, मंसिर ६, २०८२

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लबलाई

विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं– विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

National life

कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको फाइनल तथा विभायीग डर्बीमा पुलिसले नेपाल एफीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। राउन्ड रोबिन लिग खेलमा पनि जित निकालेको पुलिसले फाइनलमा पनि निरन्तरता दिन सफल भएको हो। लिगमा पुलिसले एपिएफमाथि ३–१ को सेटमा जित निकालेको थियो। पुलिसले उपाधि जित्ने क्रममा पहिलो सेट २५–१६, दोस्रो २७–२५ र तेस्रो सेटमा २५–१९ को रोमाञ्चक जित निकालेको हो।

यससँगै विजेता पुलिसले ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै उपविजेता एपीएफले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। स्पाइकर सरस्वती चौधरी चोटका कारण कोर्ट बाहिर रहँदा एपिएफले पछिल्लो समय खराब नतिजाको सामना गरिरहनु परेको छ।

प्रतियोगिता अन्तर्गत शनिबार नै फाइनल अघि सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आयोजक न्यु डायमन्डले परोपकार गर्ल्स होस्टललाई पनि सोझो सेटमा हराउँदै तेस्रो स्थानको उपाधि उचाल्यो। तेस्रो स्थान प्राप्त गर्ने क्रममा डायमण्डले परोपकारलाई क्रमशः २५–१२, २५–१४ र २५–२३ को सेटमा पराजित गरेको थियो। तेस्रो भएको न्यु डायमण्डले नगद १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्यो भने चौथो भएको परोपकारले ७५ हजार रुपैयाँ पायो।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगितामा आयोजक न्यु डायमन्डसँगै नेपाल पुलिस, एपिएफ र परोपकार गर्ल्स होस्टल गरी चार टोलीको सहभागिता रहेको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 02, 2022| 20:36 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।