शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • उद्योगी–व्यवसायीलाई गृहमन्त्रीको आग्रह– स्वदेशी सामान प्रयोग गर्नुस्

उद्योगी–व्यवसायीलाई गृहमन्त्रीको आग्रह– स्वदेशी सामान प्रयोग गर्नुस्

गृहमन्त्री बालकृष्ण खाणले उद्योगी व्यवसायीलाई स्वदेशी सामान प्रयोग गर्न आग्रह गरेका छन्। उनले स्वदेशी उद्योगबाट उत्पादित वस्तु र सामानको उपयोगले मुलुकको आर्थिक क्षेत्र चलायमान बनाउन सकिने बताए।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

बुुटवल– गृहमन्त्री बालकृष्ण खाणले उद्योगी व्यवसायीलाई स्वदेशी सामान प्रयोग गर्न आग्रह गरेका छन्। उनले स्वदेशी उद्योगबाट उत्पादित वस्तु र सामानको उपयोगले मुलुकको आर्थिक क्षेत्र चलायमान बनाउन सकिने बताए।

National life

शनिबार रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको छैटौं, सातौं साधारणसभा तथा तेश्रो अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले उद्योगी व्यवसायीलाई अर्थतन्त्र चलायमान बनाउने गरी काम गर्न आग्रह गरेका हुन्। उनले सरकारको सफलता नै उद्योगी व्यवसायीको सफलता भएको बताए।

सरकारको सन्तानको रुपमा उद्योगी व्यवसायी रहेकोले आफ्नै सन्तान मारमा पर्ने गरी सरकारले काम नगर्ने उनले बताए। विद्युत आपूर्ति तथा ट्रंक लाइनका समस्याहरु पनि समाधान गर्न पहल गर्ने गृहमन्त्री खाणले प्रतिवद्धता व्यक्त गरे। उद्योगी व्यवसायीले बनाएको नारालाई नै मूल आधार बनाएर सरकारले नीति तथा बजेट ल्याएको बताउँदै गृहमन्त्री खाणले सरकार सफल हुन पहिला उद्योगी व्यवसायीहरु सफल हुनुपर्ने तर्क गरे।

लुम्बिनी प्रदेशका सहरी विकास तथा पर्यटन मन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले उद्योगी व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए। तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमाको विकासको लागि उद्योगी व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने बताए।


प्रकाशित: Jul 02, 2022| 19:39 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।