मंगलबार, जेठ ५, २०८३

कृषि गणनाको प्रारम्भिक तथ्यांक संकलन सकियो

७५३ वटै स्थानीय तहका वडा–वडामा पुगेर गरिएको कृषि गणनामा कृषकले भोगचलन गरेको जग्गाको आकार, बाली उत्पादन क्षेत्रफल, कृषिमा संलग्न जनशक्तिलगायत विषय समेटिनेछन्।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- गत वैशाख ६ गतेदेखि देशैभर थालिएको कृषि गणना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

National life

संकलित तथ्यांक फाराम केन्द्रीय तथ्यांक विभागमा आइसकेको राष्ट्रिय कृषि गणना २०७८ का अधिकारी बद्रीकुमार कार्कीले बताए।

उनले भने, ‘गणनापछिको मुख्य गणना कार्यबाट प्राप्त फारामको कोडिङ, इडिटिङ, इन्ट्री, प्रशोधन तथा विश्लेषण गरी आउँदो मंसिरसम्म प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिनेछ।’ 

यद्यपि उनले ७७ वटै जिल्लामध्ये डोटीको तथ्यांक आउन बाँकी रहेको जानकारी दिए। डोटीमा गरिएको कृषि गणनाका फाराम पोका पारेर तयारी अवस्थामा राखिएको उनले बताए।

पहिलाको तुलनामा यस पटक कृषि गणना फरक तरिकाले गरिएको छ । विगतमा कृषि गणना कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादनसम्बन्धी विवरण जिल्ला तहसम्म मात्र हुने गरेको थियो। तर यसपटक ७५३ वटै पालिकाको वडा–वडामा गएर किसानको विवरण संकलन भएकाले प्रशोधन र विश्लेषणमै समय लाग्ने कार्कीको भनाइ छ।

कृषि गणनामा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गा उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिँचाइ, पशुपक्षीको संख्या, कृषि औजारको उपयोग, कृषि कार्यमा संलग्न जनशक्ति, महिलाको नाममा भएको जग्गालगायत विवरण समेटिनेछन्।

कृषि वन, कृषि ऋण, बिमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरित गृह पद्धतिको प्रयोग, माटो परीक्षण, पशु आहारको स्रोत, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष वा फोहोरको व्यवस्थापनलगायत कोभिड–१९ ले कृषि क्षेत्रमा पुर्‍याएको असरजस्ता विषयमा तथ्यांक संकलन गरिएको छ। 

राष्ट्रिय कृषि गणना २०७८ मा गणनाको इकाइ कृषि चलनलाई लिइएको छ। हिमाल र पहाडका जिल्लामा भए कम्तीमा चार आना र तराईका जिल्लामा भए कम्तीमा आठ धुर क्षेत्रफलमा बाली लगाएकालाई किसान मान्ने मापदण्ड बनाइएकोे थियो।

अथवा जुनसुकै उमेरका कम्तीमा एक–एक गाई–भैँसीजस्ता ठूला चौपाया पालेको वा कम्तीमा पाँच वटा भेडा–बाख्राजस्ता साना चौपाया पालेको वा माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पक्षी (कुखुरा, हाँस) पालेकालाई कृषि गणनामा राखिएको छ।

कृषि गणनाका लागि ३ लाख ५० हजार कृषक परिवारलाई छानिएको थियो। त्यसका लागि ६ हजार गणक, १५ सय सुपरिवेक्षक तथा करिब ७७ कृषि गणना अधिकृत खटाइएको थियो।

प्रकाशित: Jul 02, 2022| 11:46 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।