सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

श्रीमान्‌को सम्झनामा क्याम्पसलाई भवन

उनले क्याम्पसलाई सहयोग स्वरुप ‘भिम कमला शैक्षिक भवन’ निर्माण गरिदिएकी हुन्। एक वर्षको समय लगाएर निर्माण सम्पन्न उक्त भवन आज एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधमाया कुमारी यादवको सहभागितामा क्याम्पसलाई हस्तान्तरण गरिएको छ।
 |  शुक्रबार, असार १७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको नाममा बहुमुखी क्याम्पसमा भवन निर्माण गरिदिएकी छन्। उनले क्याम्पसलाई सहयोग स्वरुप ‘भिम कमला शैक्षिक भवन’ निर्माण गरिदिएकी हुन्। एक वर्षको समय लगाएर निर्माण सम्पन्न उक्त भवन आज एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधमाया कुमारी यादवको सहभागितामा क्याम्पसलाई हस्तान्तरण गरिएको छ।

triton college

मल्लले २५ लाख एक हजारको भीमकमला मल्ल छात्रवृति अक्षय कोष स्थापना गर्नुभएको छ। क्याम्पसका प्रमुख माधवप्रसाद खनालले शैक्षिक भवन निर्माणका लागि रु ७८ लाख २८ हजार ८८२ लागत लागेको बताइन्। 

क्याम्पसका लागि मल्लले एक करोड तीन लाख २९ हजार ८८२ दान स्वरुप प्रदान गरेका थिए। खनालका अनुसार भवन निर्माणका लागि जग्गा भने क्याम्पसले नै उपलब्ध गराएकी थिइन्। आज एक कार्यक्रमका बीच राज्यमन्त्री यादवद्वारा भवनको उद्घाटन एवं हस्तान्तरण गरिएको छ। शिक्षा क्याम्पसका प्रमुख माधवप्रसाद खनालले क्याम्पसले थुप्रै आर्थिक सङ्कटका आरोहअवरोह भोग्दै आएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न आवश्यक रहेको औँल्याए।

यद्यपी यो क्याम्पस राज्यबाट उपेक्षामा पर्दै आएको प्रति उहाँले चिन्ता व्यक्त गरे। खनालका अनुसार अहिले क्याम्पसमा ३७ मात्र कर्मचारी रहेका छन्। राज्यले वास्ता नगरेक कारण केही कर्मचारी आफैँले राखेको उनले बताए। आर्थिक अभावको कारण क्याम्पसलाई सोचेअनुरुप अगाडि बढाउन नसकिएको क्याम्पस प्रमुख खनालको भनाइ थियो। 

प्रकाशित: Jul 01, 2022| 23:50 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।