मंगलबार, जेठ ५, २०८३

गर्भपतन कानुनबारे के गर्दैछन् अमेरिकी राज्य?

पछिल्लो समय केन्टकी गभर्नरले १५ हप्तापछि गर्भपतन गर्न नपाउने गरी ल्याएको भिटोको विधायकहरुले विरोध गरेका थिए। गभर्नरको उक्त भिटो कानुन तत्काल कार्यान्वयनमा नल्याउन संघीय न्यायाधीशले आदेश जारी गरेका थिए।
 |  शनिबार, असार १८, २०७९

न्युयोर्क टाइम्स

न्युयोर्क टाइम्स

शनिबार, असार १८, २०७९

अमेरिकी सर्वोच्च अदालतको 'रो विरुद्ध वेड' फैसलाले दशकौँसम्म महिलालाई गर्भपतनको अधिकार सुनिश्चित गरेको छ। तर पछिल्लो समय रिपब्लिकनले नेतृत्व गरेका राज्यहरूमा गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानुन निर्माण गर्न थालिएको छ। 

National life

फ्लोरिडा राज्यका गभर्नर रोन डिस्यान्टिसले १५ साताभन्दा बढी अवधिका गर्भलाई गर्भपतन रोक गर्ने कानुनमा हस्ताक्षर गर्दै प्रमाणीकरण गरेका थिए। उक्त कानुन जुन १ देखि कार्यान्वयनमा आएको छ। यसअघि मिसिसिपी राज्यले पनि यस्तै कानुन कार्यान्वयनमा ल्याएको थियो। गर्भपतनसम्बन्धी कानुन कार्यान्वयनमा आइसकेकाले अब गर्भवती आमालाई अतिजोखिम भएमा वा पेटभित्रको शिशुमा जटिल समस्या देखिएमा वा शारीरिक रूपमा असामान्य अवस्थाको शिशुको जन्म हुने देखिएमा मात्र गर्भपतन गर्न पाइनेछ।

केन्टकीका गभर्नरले १५ हप्ताभन्दा बढीको गर्भको गर्भपतन गर्न नपाउने गरी ल्याएको भिटो कानुनको विधायकहरुले विरोध गरेका थिए। गभर्नरको उक्त भिटो कानुन तत्काल कार्यान्वयनमा नल्याउन अदालतले आदेश जारी गरेको छ। 

अमेरिकाकै अर्को राज्य ओक्लाहोमामा गर्भपतनसम्बन्धी अझ कठोर कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। यो राज्यमा पनि रिपब्लिकन पार्टीकै बहुमत छ। ओक्लाहोमामा ६ हप्तापछि गर्भपतन गर्न प्रतिबन्ध लगाइएको छ। राज्य प्रशासनको कठोर कानुनी व्यवस्था त्यहाँका बासिन्दाका हकमा मात्र नभई अन्यत्रबाट कामका लागि उक्त राज्य प्रवेश गर्ने महिलाका हकमा समेत लागू गरिएको छ। 

टेक्ससमा पनि गर्भपतनमाथि कडाइ गर्न नयाँ कानुन कार्यान्वयनमा ल्याइएको छ। गत सेप्टेम्बरमा नै कार्यान्वयनमा आएको उक्त कानुनले भ्रुणको दृदयले काम गर्न सुरु गरेपछि गर्भपतन गर्न रोक लगाएको छ। साधारणतया गर्भधारण भएको ६ सातामा भ्रुणको हृदयले काम गर्न सुरु गर्छ।  यो कानुनमा कुनै डाक्टर वा स्वास्थ्यकर्मी वा कुनै व्यक्तिले त्योभन्दा बढी अवधिको गर्भपतन गराएमा नागरिकहरुले नै उजुरी दिन सक्ने समेत व्यवस्था गरिएको छ। यसरी ६ साताभन्दा बढीको गर्भपतन गराएको घटनाबारे जानकारी दिने व्यक्तिलाई कम्तीमा १० हजार डलर पुरस्कार प्रदान गरिने व्यवस्थासमेत गरिएको छ।

ओक्लाहोमामा ६ हप्तापछि गर्भपतन गर्न प्रतिबन्ध लगाइएको छ। राज्य प्रशासनको कठोर कानुनी व्यवस्था त्यहाँका बासिन्दाका हकमा मात्र नभई अन्यत्रबाट कामका लागि उक्त राज्य प्रवेश गर्ने महिलाका हकमा समेत लागू गरिएको छ। 

रिपब्लिकन पार्टीकै प्रतिनिधित्व गर्ने ओक्लाहोमाका गभर्नर केभिन स्टिटले प्रमाणीकरण गरेको कानुनले त गभ्मीर स्वास्थ्य जटिलता हुने अवस्थाबाहेकमा गर्भपतनलाई पूर्ण रूपमा बन्देज लगाइएको छ। यस्तो व्यवस्था उल्लंघन गरेको प्रमाणित भएमा १० वर्षसम्म जेल सजायका साथै साथै १ लाख डलर जरिवाना गर्ने उक्त कानुनमा व्यवस्था छ। 

त्यसो भए देशव्यापी रूपमा लागू हुँदै आएको गर्भपतन प्रतिबन्धबारे थप जिज्ञासा उत्पन्न हुन्छ, जस्तै:- गर्भपतनमा कुन कुन राज्यले रोक लगाएका छन्?

गर्भपतनमा रोक लगाउने राज्य

गर्भपतन अधिकारबारे अनुसन्धान गर्ने संस्था गटम्यासर इन्स्टिच्युटका अनुसार यसै वर्ष मात्र ३१ वटा राज्यमा गर्भपतन प्रतिबन्धबारे कानुनी व्यवस्था हेरफेरबारे प्रक्रिया अघि बढेको छ। कम्तीमा ७ राज्यमा प्रतिबन्धसम्बन्धी विधेयक संसदको कम्तीमा एक सदनबाट पारित भइसकेको छ। यसरी कम्तीमा एक सदनबाट विधेयक पारित गर्ने राज्यमा एरिजोना, आइडाहो, वायोमिङ, फ्लोरिडा, केन्टकी, ओक्लाहोमा र वेस्ट भर्जिनिया छन्। फ्लोरिडा, ओक्लाहोमा, केन्टकी, एरिजोना, आइडागो र वायोमिङमा गर्भपतनसम्बन्धी नयाँ कानुन कार्यान्वयनमा आइसकेको छ। 

'अहिले हामीले के देखिरहेका छौँ भने राज्यका  व्यवस्थापिकाले कडाइमाथि कडाइ गरिरहेका छन् भने प्रतिबन्धमाथि प्रतिबन्ध लगाइरहेका छन्,'  गटम्यासरकी राज्यनीति विश्लेषक एलिजावेथ न्यासले भनिन्। रुढीवादी विधायिकाको वर्षौँदेखिको प्रयास अहिले न्यायपालिका दाँयातर्फ झुकिरहँदा फाइदा उठाउने मौका मिलेको उनको भनाइ छ। 


प्रकाशित: Jul 02, 2022| 07:45 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।