आइतबार, फागुन १७, २०८२

गण्डकीका अर्थमन्त्रीलाई शिक्षा मन्त्रीको धम्की

गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराललाई धम्की दिएका छन्।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

पोखरा- गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराललाई धम्की दिएका छन्। 

असार १६ गते साँझ  मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको निवासमा सदन सञ्चालन सम्बन्धी छलफल हुँदा मन्त्री  श्रेष्ठले रातो किताबमा बजेट थप्‍नैपर्ने दबाब दिएपछि मन्त्री बरालले त्यो गैर्‍ह कानुनी बताएका थिए। मन्त्री बरालले नमिलेको कुरा मिलाउन तयार रहेको तर संसद्‌मा प्रस्तुत भइसेकेको र सार्वजनिक भएको बजेट र रातो किताबलाई चलाउन नमिल्ने बताएका थिए। 

बजेट थप गर्न नमिल्‍ने मन्त्री बरालको जवाफपछि मन्त्री श्रेष्ठले आफूले सकेको जे पनि गर्ने धम्की दिएको स्रोतले जनाएको छ। 

बजेटको विषयले गर्दा असार ५ गते सञ्‍चालन हुने भएको सदन अनिश्चत भएको सन्दर्भमा सदन खुलाउने प्रयास स्वरुप भएको छलफलमा मन्त्री श्रेष्ठको अभिव्यत्ति प्रति मुख्यमन्त्री मौन बस्‍नुले आफ्नो ज्यानको सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अर्थमन्त्री छलफलबाट रुष्ट हुँदै निस्किएका थिए।

मन्त्री बराल बिहिबारदेखि आफू असुरक्षित भएको महशुस गरेको श्रोतको भनाई छ। बजेटमा प्रदेश सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत २-२ करोड बजेट विनियोजन गर्नुपर्ने मन्त्री एवं सांसदहरुले माग गर्दै आएका छन्। गण्डकी प्रदेश सरकारको तर्फबाट असार १ गते प्रदेश अर्थमन्त्री रामजी प्रसाद बरालले बजेट प्रस्तुत गरेका थिए।

kumari


प्रकाशित: Jul 01, 2022| 20:27 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।