मंगलबार, असोज ९, २०८०

त्रिवि सेवा आयोगले लिएको लिखित परीक्षामा सबै फेल

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको प्रशासनिक तथा प्राविधिकतर्फको १०४ पदको लिखित परीक्षामा सबै परीक्षार्थी अनुतीर्ण भएका छन्।
 |  शुक्रबार, असार १७, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको प्रशासनिक तथा प्राविधिकतर्फको १०४ पदको लिखित परीक्षामा सबै परीक्षार्थी अनुतीर्ण भएका छन्।

sagarmatha cement

आयोगले मंगलबार सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा सबै परीक्षार्थी अनुतीर्ण भएका हुन्।

उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जनाले लिखित परीक्षा दिएका थिए। शाखा अधिकृतमा ४० पदका लागि ५४२ जना, मुख्य कार्यालय सहायकमा ४३ पदका लागि ७७७, आर्थिक उपनियन्त्रकमा दुई पदका लागि ३, लेखा अधिकृत १५ पदका लागि १२९ ले परीक्षा दिएका थिए। तर, ती पदमा एक जना पनि परीक्षार्थी उतीर्ण हुन सकेनन्।

परीक्षामा मर्यादा विपरीत गतिविधि गर्ने १३८ जनाको परीक्षा रद्द गरिएको पनि आयोगले जनाएको छ। लेखा सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायकमा भने परीक्षार्थी उतीर्ण भएका छन्।

२०७७ कात्तिक २८ गतेदेखि मंसिर १६ गतेसम्म र माघ २५ देखि फागुन २७ सम्म र लिएको प्रशासनिक तथा प्राविधिक पदहरुको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

उतीर्ण परीक्षार्थीहरूको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता यही असार २८ गते त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोकमा बिहान ११ बजे हुने आयोगले जनाएको छ।

प्रकाशित: Jul 01, 2022| 07:00 शुक्रबार, असार १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुदूरपश्चिममा डेंगु : आठ सय जनाभन्दा धेरै संक्रमित

सुदूरपश्चिममा डेंगु : आठ सय जनाभन्दा धेरै संक्रमित

सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ।
शिक्षा विधेयकबारे सरोकारवालासँगको छलफलमा कांग्रेस

शिक्षा विधेयकबारे सरोकारवालासँगको छलफलमा कांग्रेस

सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन कांग्रेसले भूमिका खेल्ने।
शिक्षकबाट किन कुटिन्छन् विद्यार्थी ?

शिक्षकबाट किन कुटिन्छन् विद्यार्थी ?

शिक्षा नियमावलीमा शिक्षकले पालना गर्नुपर्ने आचारसंहितामा शिक्षकले विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिन नहुने उल्लेख छ।