सोमबार, मंसिर १, २०८२

मन्त्रीहरूलाई दिएको प्रशिक्षणमा के भने माधव नेपालले?

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई प्रशिक्षण दिएका छन्।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई प्रशिक्षण दिएका छन्। संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई नेपालको निर्देशन छ।

एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ५ मन्त्रीलाई सरकार सञ्चालनबारे प्रशिक्षण र निर्देशन दिएका हुन्। नेपालले पार्टीको नीति, निर्देशन विपरीत नजान मन्त्रीहरूको ध्यानाकर्षण गराए। 'तपाईंहरूले देश र जनताको हितलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नुपर्नेछ। विकृति र विसंगतिमा नफस्नुहोला। सेवा प्रवाह चुस्तदुरुस्त बनाउनुपर्नेछ। जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शिर उच्च हुने गरी काम गर्नुपर्ने जिम्मेवारीमा तपाईंहरूलाई पार्टीले सरकारमा पठाएको हो।' बताए। 

नेपालको प्रशिक्षणमा मन्त्रीहरू जीवनराम श्रेष्ठ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) मेटमणि चौधरी (सहरी विकास), भवानीप्रसाद खापुङ (स्वास्थ्य तथा जनसङ्ख्या), शेरबहादुर कुँवर (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) र हिराचन्द्र केसी (स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री) सहभागी थिए। 


प्रकाशित: Jun 30, 2022| 22:14 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...