सोमबार, फागुन १८, २०८२

महिला भलिवलमा पुलिस फाइनल प्रवेश

पुलिस अंक तालिकाको शीर्ष स्थानमा समेत पुगेको छ। आजको खेलमा पुलिसले एपीएफलाई २५-१८, १४-२५, २५-१७ र २५-२० को सेटमा पराजित गरेको हो।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठकाडौं- नेपाल पुलिस क्लब बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा आज भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो। 

पुलिस अंक तालिकाको शीर्ष स्थानमा समेत पुगेको छ। आजको खेलमा पुलिसले एपीएफलाई २५-१८, १४-२५, २५-१७ र २५-२० को सेटमा पराजित गरेको हो। 

शनिबार हुने फाइनलमा पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ। अंक तालिकाका आधारमा यी दुई क्लब नै शीर्ष स्थानमा छन्। 

यस्तै आजको अर्को खेलमा न्यु डायमन्डले स्पोर्टस् क्लबले परोपकार आदर्श माविमाथि ३-० को सेटमा पराजित गर्‍यो। न्यु डायमन्डले २५-२२, २५-१० र २५-१४ को सेटमा जित निकालेको हो। 

शनिबार नै तेस्रो स्थानको लागि आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र परोपकार आदर्श माविबीच प्रतिस्पर्धा हुनेछ। 

kumari

प्रकाशित: Jun 30, 2022| 21:54 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।