आइतबार, चैत ८, २०८२

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिले पत्रकार सम्मेलन गरेर भने– म मरेको छैन

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले आफू सकुशल रहेको बताएका छन्।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले आफू सकुशल रहेको बताएका छन्।

National life

केही अराजक समूहले आफ्नो मृत्यु भएको भन्दै भ्रम सिर्जना काम गरेकाले आफू सकुशल रहेको भन्दै सबै शुभचिन्तकलाई स्पष्ट पारेका छन्। उनले राज्यले यस्ता गतिविधि गर्नेलाई कारवाही गर्ने र त्यसउपर आफूहरुले प्रक्रिया थालिसकेको बताए। 

उनले आफूले विश्वविद्यालयमा सकारात्मक परिवर्तनका लागि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने शैली अपनाएका कारण केही व्यक्ति यसको विरुद्धमा लागेर यस्तो गतिविधि गरेको बताएका छन्। 

उनले भने, ‘विश्वविद्यालयको वेरुजु घटाउने काम गर्दा, प्रक्रिया पूरा नगरेका व्यक्तिलाई कसैको दबाबमा नियुक्ति नदिने प्रतिवद्धताअनुसार अघि बढ्दा, नपढेका विद्यार्थीलाई उत्तीर्ण नगर्दा ममाथि श्रृंखलावद्ध आक्रमण भइरहेको छ। मेरो मृत्यु भएको भनेर हल्ला फिँजाउने काम भएको छ। म जीवित छु, म मरेको छैन। हामीले साइबरर क्राइम गर्ने उपर मुद्दा हालेका छौं, कारवाही हुन्छ।’

सरकार परिवर्तनसँगै आफूमाथि आक्रमण भएको उनले बताए। विश्वविद्यालयमा आन्दोलन चलिरहेको र वार्ताबाट समस्या समाधान गर्ने भने पनि वार्ताको लागि आह्वान गर्दा पनि नआउने गरेका छन्। विश्वविद्यालयले समस्या समाधान समितिले समाधान गर्ने उनले बताए। 

Laxmi sunrise bank
kumari

उनले आफूमाथि आक्रमण गर्ने गिरोहलाई कारवाही गर्न माग गरेका छन्। विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार्न खोज्दा केही गलत नियतका व्यक्तिका कारण समस्या समाधान हुन नसकेको उनको भनाइ छ।

उनले त्यही समूहले फेक अडियोमार्फत आफ्नो बदनामी गर्ने काम गरेको, भौतिक रुपमा घरको झ्याल फोर्ने काम गर्ने, आन्दोलनकारीले ढुंगामुडा गर्दा सुरक्षा निकायले आफूलाई सुरक्षा दिन नसकेको र आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई खोज्ने प्रयास नगरेको उनको आरोप छ। 

प्रकाशित: Aug 08, 2021| 16:34 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्