शुक्रबार, कात्तिक २८, २०८२

बागमती प्रदेशको बजेट बहुमतले पारित

विगत जस्तै असार १ गते प्रदेश सरकारले प्रदेशसभामा स्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बागमती प्रदेशसभाको आज बसेको बैठकबाट बहुमतले पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

National life
Laxmi sunrise bank
kumari

हेटौंडा- प्रदेश सञ्चालनका लागि बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रदेशसभाबाट बिहीबार बहुमतले पारित भएको छ। विगत जस्तै असार १ गते प्रदेश सरकारले प्रदेशसभामा स्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बागमती प्रदेशसभाको आज बसेको बैठकबाट बहुमतले पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बागमती प्रदेश सकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकटेलले पेश गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मतबाट तथा बजेट विनियोजन  विधेयक, २०७९ बहुमतले पारित भएको हो। 

बैठकमा बजेटको पक्षमा सतापक्ष गठबन्धनका सांसदहरु उभिएका थिए। प्रदेशसभामा रहेका १०७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य रहेका छन्। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएको थियो। प्रदेश सरकारले आज पारित गरेको बजेट चालु आर्थिक वर्षकोभन्दा रु १३ अर्बले बढी छ। 

प्रकाशित: Jun 30, 2022| 18:03 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।