मंगलबार, चैत १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत, ११ महिना जेल बस्नुपर्ने

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत, ११ महिना जेल बस्नुपर्ने

प्रदेश १ नेकपा एमालेकी सांसद गुलेफुन खातुनले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

विराटनगर– प्रदेश १ नेकपा एमालेकी सांसद गुलेफुन खातुनले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। सरकारी छाप र  दस्तखत किर्ते गरेको अभियोग प्रमाणित भएपछि नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी खातुनले बुधबार राजीनामा दिएकी थिइन्।

National life

खातुनले दिएको राजीनामा बिहीबारको प्रदेशसभा बैठकमा बाचन गरिएको थियो। खातुनको मुद्दा दोहोर्याउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनले राजीनामा दिएकी हुन्।  

खातुनले सरकारी छाप किर्ते गरेको आरोप लागेको थियो। किर्ते मुद्दामा जिल्ला अदालत मोरङले २०७४ वैशाख ३१ गते एक वर्ष कैद सजाय सुनाएको थियो।

जिल्लाको फैसला विरुद्ध खातुन २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन्। २०७६ पुस ६ गते उच्चले उनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।  

उच्चको फैसला विरुद्ध खातुनले २०७६ फागुन ११ गते सर्बोच्चमा निवेदन दिएकी थिइन्। सर्बोच्चले सुनुवाइका लागि निस्सा दिएन। खातुन अब ११ महिना ५ दिन कैद बस्नुपर्नेछ।

kumari

प्रकाशित: Jun 30, 2022| 16:56 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।