मंगलबार, चैत ३, २०८२

बढ्दैछन् हैजाका बिरामी, बिरामीको संख्या १४ पुग्‍यो

काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिइरहेको छ। उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ। गृह मन्त्रालयमा बधुबार आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपछि घर फर्किएको जानकारी दिए।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिइरहेको छ। उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ। गृह मन्त्रालयमा बधुबार आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपछि घर फर्किएको जानकारी दिए।

National life

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ। हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएको उनले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखालाजस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो।

मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तर र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए। काठमाडौं महानगरपालिकाले हैजा रोकथाम अभियान अन्तर्गत काठमाडौंका सडकमा खानेकुरा बिक्री गर्न प्रतिबन्ध लगाएको छ। 

यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा भर्ना भएका बागबजारका दुई जनामा ५ गते हैजा पुष्टि भएको थियो। दैनिक हैजाका बिरामी भेटिन थालेपछि सरकराले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दास भन्छन्, ‘हैजाका एक जना बिरामी पुष्टि हुनु पनि आउटब्रेक हुन सक्ने सम्भावना हुन्छ। त्यसैले हामीले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौं। जहाँ जहाँ बिरामी  भएका छन् नजिकको अस्प्तालमा उपचारका गर्नुपर्ने गरी निर्देशन दिएका छौं।’ 

Laxmi sunrise bank
kumari

सरकारले हैजाको उपचारका लागि उपत्यकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पताललाई हब अस्पताल तोकेको छ। हब अस्पतालले स्याटलाइट अस्पताललाई उपचारमा निर्देशन दिन सक्ने गरी व्यवस्थाा मिलाइएको दासले बताए। 

प्रकाशित: Jun 29, 2022| 22:01 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्