आइतबार, फागुन १७, २०८२

लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेटमाथि उठेका विषयमा प्रष्ट पारेपछि बुधबार प्रदेशसभाको बहुमतले बजेट पारित गरेको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख बराबरको बजेट ल्याएको छ।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

kumari

बुटवल- लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७९-८०  बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेटमाथि उठेका विषयमा प्रष्ट पारेपछि बुधबार प्रदेशसभाको बहुमतले बजेट पारित गरेको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख बराबरको बजेट ल्याएको छ। 

विपक्षी दलहरुले भने सरकारले टुक्रे योजनामा बजेट छुटाएको भन्दै चर्को आलोचना गरेका थिए। विपक्षी र सत्तापक्षकै सांसदहरुले समेत चर्को आवाज उठाएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले समेत जवाफ दिएका थिए। उनले  बजेटले सबैको भावनाको कदर गरेको बताए। बजेट सबैको साझा भएको बताउँदै त्यसका लागि सबै माननीयहरुले आफ्नो दायित्व सम्झेर पारित गरि दिन अपिल गरेका थिए। अर्थमन्त्री कृष्णध्वज खड्काले बजेटले जनताको भावनालाई सम्बोधन गरेको बताए। 

बुधबार नै बसेको प्रदेशसभा बैठकले प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक  र सञ्चार माध्यम सम्बन्धी विधेयक पारित गरेको छ। विषयगत समितिका तर्फबाट कानून समितिका सभापति दामाकुमारी शर्माले बुधबार नै दुईवटा विधेयक पेश गरेकी थिइन्। लगत्तै बुधबारको बैठकले विधेयकलाई पारित गरेको हो। यसअघि सरकारले ल्याएको सञ्चार माध्यमसम्बन्धी विधेयक विवादित बनेको थियो। अर्को बैठक अनिश्चितकालका लागि स्थगित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए।

प्रकाशित: Jun 29, 2022| 19:31 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।