बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा मनाइयो धान दिवस, प्रदेशभर ३२ प्रतिशत रोपाइँ [फोटो फिचर]

लुम्बिनीमा मनाइयो धान दिवस, प्रदेशभर ३२ प्रतिशत रोपाइँ [फोटो फिचर]

लुम्बिनीमा यो वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत धान रोपाइँ सकिएको छ भने बाँकेमा सबैभन्दा कम १३ प्रतिशत मात्र रोपाइँ भएको तथ्यांक छ।
 |  बुधबार, असार १५, २०७९

विनोद परियार

विनोद परियार

बुधबार, असार १५, २०७९

बुटवल– लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा रोपाइँ गरी असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइएको छ। लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले रूपन्देहीको सियारी गाउँपालिकामा रोपाइँ गरेर दिवस मनाइएको हो।

triton college

२०६१ मा विश्वका ४३ राष्ट्रको पहलमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो।

कार्यक्रममा कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले मेसिनबाट धान रोपर राष्ट्रिय धान दिवस उद्घाटन गरिन्। मन्त्री शर्माले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताइन्। उनले धान उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याइएको दाबी गरिन्।

लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहहरूले समेत आ–आफ्नो क्षेत्रमा रोपाइँ गरेर धान दिवस मनाएका छन्। पालिकाका जनप्रतिनिधिले खेतमै पसेर किसानसँग रोपाइँ गरेका हुन्। 

बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेको नेतृत्वमा वडाध्यक्षसहितका जनप्रतिनिधिले बुटवल–१९ का तिलक थारुको खेतमा रोपाइँ गरेर धान दिवस मनाए। रोपाइँअघि आयोजित कार्यक्रममा नगरप्रमुख पाण्डेले बुटवल–१८ र १९ लाई हरियाली क्षेत्रका रूपमा विकास गरिने बताए। उनले ती दुई वडाभित्र उत्पादन हुने तरकारी, फलफूलसहितका कृषिजन्य उत्पादनलाई भैरहवा विमानस्थलबाट विदेश लग्ने गरी उत्पादनमा जोड स्थानीयलाई आग्रह गरे। 

corrent noodles
Metro Mart

‘यो क्षेत्रलाई कृषि उत्पादनमा अगाडि बढाउनुपर्छ। यहाँका बासिन्दाले चासो नदिने र व्यावसायिक उत्पादन नथाल्ने हो भने हामी आत्मनिर्भर बन्न सक्दैनौं’, उनले भने, ‘यहाँ उत्पादित तरकारी, फलफूल यहीँ खपत गर्ने र विदेश निर्यात गर्ने गरी तपाईंहरूले चासो दिनुहोस्। उपमहानगरले साथ दिन्छ।’

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले तिलोत्तमा नगरपालिका–१० मा अवस्थित कृषि सञ्जालले आयोजना गरेको कार्यक्रमा धान रोपेर दिवस मनाए। नगरप्रमुख खाँणले आधुनिक कृषि पेसालाई बढावा दिँदै नगरलाई  अर्गानिक र आत्मनिर्भर बनाउने गरी योजना अघि सारिएको बताए। 

लुम्बिनीमा ३२ प्रतिशत रोपाइँ 

लुम्बिनी प्रदेशमा करिब ३२ प्रतिशत खेतमा रोपाइँ भएको छ। मध्यअसारसम्म ३२.७१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। लुम्बिनीमा गत वर्ष मध्यअसारसम्म करिब ४६ प्रतिशत रोपाइँ भएको थियो। लुम्बिनीमा धान रोपाइँ हुने ३ लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म १ लाख ४ हजार ७५०.८६ हेक्टरमा धान रोपाइँ सकिएको छ।

लुम्बिनीमा यो वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत रोपाइँ सकिएको मन्त्रालयका सूचना अधिकारी शालिकराम गौतमले जानकारी दिए। बाँकेमा सबैभन्दा कम १३ प्रतिशत मात्र धान रोपाइँ भएको उनले बताए।

यस्तै, नवलपरासीमा धान रोपाइँ हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमा रोपाइँ सकिएको हो। बाँकेमा रोपाइँ हुने ३६ हजार ५०० हेक्टरमध्ये ४ हजार ७४५ हेक्टरमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा १७ प्रतिशत धान रोपाइँ भएको छ। कपिलवस्तुमा धान खेती हुने कुल ७१ हजार २०० हेक्टरमध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टरमा रोपाइँ सकिएको गौतमले बताए 

दाङमा ३१.५० प्रतिशत र बर्दियामा ३४.७८ प्रतिशत रोपाइँ सकिएको छ। दाङमा कुल धान रोपाइँ हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ४११ हेक्टरमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमध्ये १७ हजार ४७६.६८ हेक्टरमा रोपाइँ सकिएको छ। अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशत धान रोपाइँ भएको छ। गुल्मीमा २७ र पाल्पामा ३५ प्रतिशत रोपाइँ सकिएको छ।

प्रकाशित: Jun 29, 2022| 16:51 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।