शुक्रबार, कात्तिक २८, २०८२

राज्यमन्त्री विमलाले दिइन् राजीनामा

जेठ ३१ दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा घुसेर उनकी श्रीमती र छोरीलाई कुटेपछि उनी विवादमा तानिएकी थिइन्।
 |  बुधबार, असार १५, २०७९

विनोद परियार

विनोद परियार

बुधबार, असार १५, २०७९

बुटवल–लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन्। विवादमा पर्दै आएकी लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्। 

National life

जेठ ३१ दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटेपछि उनी विवादमा तानिएकी थिइन्। कुटाइ प्रकरणपछि वली प्रहरी नियन्त्रणमा परेकी थिइन् भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो। माओवादीका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलाराम घर्ती मगरले पनि वलीले राजीनामा दिएको पुष्टि गरे।

बस्नेतको घर गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति गठन गरेको थियो। छानबिन समितिको प्रतिवेदन आउनुअघि नै उनले राजीनामा दिएकी हुन्। समितिले बुधबार प्रतिवेदन बुझाउँदै छ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्। फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन्। त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो।

प्रकाशित: Jun 29, 2022| 13:02 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।