मंगलबार, जेठ ५, २०८३

तनहुँको आँबुखैरेनी राजमार्ग सञ्चालनमा

पहिरो खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

National life

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको छ। माथिबाट पहिरो खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिन पुगेको थियो। मुग्लिन, आँबुखैरेनी हुँदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्व नै रहेको प्रहरीले जनाएको छ। 

त्यसैगरी सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्व नै रहेको छ। माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनले भने, 'अब केही समयभित्र सडक चलाउने गरी काम भइरहेको छ।'

प्रकाशित: Jun 29, 2022| 12:06 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।