मंगलबार, जेठ ५, २०८३

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

काठेखोला गाउँपालिका-४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

National life

बागलुङ- बागलुङमा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। काठेखोला गाउँपालिका-४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो।

पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा  परी घाइते भएकी हुन्। उनको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। 

यस्तै अविरल वर्षाका कारण आएको पहिराले गए राति गलकोट नगरपालिका-११ रिघास्थित कृष्णबहादुर कामीको घर पुरिएको छ। तीन तले कच्ची घर पहिरोले पुरिएको हो। मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: Jun 29, 2022| 11:08 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।