बिहीबार, फागुन २१, २०८२

भारतका प्रधानमन्त्री मोदी युएई भ्रमणमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार अबुधाबी पुगेका छन्। अबुधाबीका पूर्व शासक तथा युएइका पूर्व राष्ट्रपति स्वर्गीय शेख खालिफा बिन जायद अल नाह्यानप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनी अबुधाबी पुगेका हुन्। उनको गत मे १३ मा निधन भएको थियो।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

अबुधावी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार अबुधाबी पुगेका छन्। अबुधाबीका पूर्व शासक तथा युएइका पूर्व राष्ट्रपति स्वर्गीय शेख खालिफा बिन जायद अल नाह्यानप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनी अबुधाबी पुगेका हुन्। उनको गत मे १३ मा निधन भएको थियो। 

जर्मनीमा भएको जी ७ शिखर सम्मेलन सम्पन्न गरेर स्वदेश फर्किने क्रममा मोदीले अबुधाबीको भ्रमण तय गरेका हुन्। 

उनले अबुधाबीमा रहेका बेला वर्तमान नयाँ राष्ट्रपतिसँग भेटवार्ता पनि गर्ने जनाइएको छ। युएइका दोस्रो राष्ट्रपति खेश खालिफाको निधनपछि शेख मोहम्मद बिन जायद अल नाह्यान राष्ट्रपति बनेका छन्। 

नवनियुक्त राष्ट्रपति शेख मोहम्मदलाई प्रधानमन्त्री मोदीले भेटेर बधाई समेत दिएका छन्। उनी युएईको तेस्रो राष्ट्रपति बनेका हुन्। 

अबुधाबीको शासक तथा युएईको राष्ट्रपतिमा निर्वाचित भएपछि खेश मोहम्मदसँग मोदीको पहिलो भेट हो। मोदीलाई स्वागत गर्न राष्ट्रपति खेश विमानस्थलमै पुगेका थिए। 

kumari

भेटवार्ताका क्रममा उनीहरूले आपसी सहकार्य र सहयोग आदान प्रदानका बारेमा कुराकानी गर्नुका साथै आपसी सम्बन्ध थप बलियो बनाउने बारेमा पनि छलफल गर्नुहुने भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले जनाइएका छन्।


प्रकाशित: Jun 29, 2022| 05:00 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।