बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • विश्व बैंकले मध्य र पश्चिम अफ्रिकाको लागि शैक्षिक कोष दोब्बर पार्ने

विश्व बैंकले मध्य र पश्चिम अफ्रिकाको लागि शैक्षिक कोष दोब्बर पार्ने

विश्व बैंक समूहले सन् २०२५ सम्ममा पश्चिमी र मध्य अफ्रिकी क्षेत्रमा शैक्षिक सुधारको कामलाई तीव्रता दिनको लागि आफ्नो कोष दोब्बर तयारी गरेको बैंकका एक वरिष्ठ अधिकारीले सोमबार बताएका छन्।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

आक्रा- विश्व बैंक समूहले सन् २०२५ सम्ममा पश्चिमी र मध्य अफ्रिकी क्षेत्रमा शैक्षिक सुधारको कामलाई तीव्रता दिनको लागि आफ्नो कोष दोब्बर तयारी गरेको बैंकका एक वरिष्ठ अधिकारीले  सोमबार बताएका छन्।

पश्चिम र मध्य अफ्रिकाका लागि विश्व बैंकका उपाध्यक्ष ओस्माने डायगानाले शिक्षा र अर्थमन्त्रीहरूको एकदिवसीय रणनीति बैठकपछि पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

'हाल  यस क्षेत्रको लागि हाम्रो शैक्षिक पोर्टफोलियो ३.१ बिलियन डलर छतर हामी २०२५सम्म यो रकम दोब्बर गर्न चाहन्छौं रयसलाई न्यूनतम ६.२बिलियन डलर बनाउन चाहान्छौँ,' डायगानाले भने। 

जनसांख्यिकीले ल्याएको चुनौतीलाई मध्यनजर गर्दै यस क्षेत्रमा शैक्षिक सुधारका लागि बैंकको सहयोगलाई तीव्रता दिनुपर्ने तथा गरिबी न्यूनीकरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

यस क्षेत्रको लागि नयाँ कार्यक्रमको बारेमा छलफल गर्न बैंकले जुलाईमा सेनेगलमा अफ्रिकी नेताहरूसँग भेट्ने र शिक्षाका विषयमा छलफल केन्द्रित गर्नेछ।

kumari

प्रकाशित: Jun 29, 2022| 04:30 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।