मंगलबार, साउन १९, २०८३

थप १७५ हिमालको व्यवस्थापनको जिम्मा दिन माग

नेपाल पर्वतारोहण संघले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ। संघले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग संघ भेट गरी उक्त माग गरेको हो। सङ्घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री समक्ष पेश गरे।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- नेपाल पर्वतारोहण संघले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ। संघले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग संघ भेट गरी उक्त माग गरेको हो। सङ्घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री समक्ष पेश गरे।

सङ्घले गरेका कमको प्रशंसा गर्दै मागप्रति प्रधानमन्त्री सकारात्मक रहनुभएको सङ्घका अध्यक्ष शेर्पाले जानकारी दिए। संघले यी चुलीको व्यवस्थापनको जिम्मा दिएमा पर्वतारोहणमा जोडिएका अन्तर्राष्ट्रिय संस्थामार्फत हिमालको प्रचार बढ्ने र यसले नेपालको पर्वतारोहण पर्यटनको विकासमा सहयोग मिल्ने जनाएको छ। 

संघले विसं २०७५ देखि पाँच वर्षका लागि २७ हिमालको व्यवस्थापन गर्दै आएको छ। यसबाट सङ्कलित सलामी दस्तुरमध्ये ४५ प्रतिशत सङ्घ र ५५ प्रतिशत सरकारले बाँडफाँट गर्दै आएका छन्। यी हिमाल पुनः पाँच वर्षको नवीकरण गर्न संघले प्रधानमन्त्रीसमक्ष माग गरेको छ। संघले आरोहीको कल्याणमा खर्च गर्ने गरी कोष खडा गरिदिन सरकारसँग आग्रह गरेको छ।

प्रकाशित: Jun 28, 2022| 23:15 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।