मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रशोधित पानी प्रयोग गर्न बोतल वाटर उद्योग संघको आग्रह

प्रशोधित पानी प्रयोग गर्न बोतल वाटर उद्योग संघको आग्रह

संघले मंगलबार विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा जार तथा बोतलको पानीमा हैजाको प्रकोप बढेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशोधित पानीको प्रयोग गर्न आग्रह गरेको हो।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं- नेपाल बोतल वाटर उद्योग संघले जार तथा बोतलको प्रशोधित पानी प्रयोग गर्न आग्रह गरेको छ।

National life

संघले मंगलबार विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा जार तथा बोतलको पानीमा हैजाको प्रकोप बढेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशोधित पानीको प्रयोग गर्न आग्रह गरेको हो।

संघका अध्यक्ष धुव्र गौतमले संघभित्र आबद्ध उद्योगले खाद्य ऐन, २०२३ संशोधनसहित खाद्य तथा गुणस्तर नियन्त्रण विभागको निर्देशिका २०७४ बमोजिम उद्योग सञ्चालन गर्दै आएको र चौमासिकरुपमा पानीको परीक्षण गराउँदै आएको भन्दै हैजाको प्रकोप बढेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले उद्योगबाट बजारमा बिक्री वितरणका लागि ल्याएको पानीमा खाद्य अनुज्ञापत्र चेकजाँच गरी प्रशोधित पानीमात्र प्रयोग गर्न आग्रह गरेका छन्। संघले नेपालभर सर्वसाधारणलाई समेत सर्वसुलभ मूल्यमा पिउने पानी बिक्री वितरण गरेको भन्दै आम उपभोक्तालाई सोही पानी प्रयोग गर्न आग्रह गरेको छ।

संघले गुणस्तर नियन्त्रण विभागको निर्देशिका विपरीत कसैले पानी बिक्री वितरण गरेको पाइएमा कारबाही गर्नेसमेत जनाएको छ। 

प्रकाशित: Jun 29, 2022| 00:10 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।