शुक्रबार, कात्तिक २८, २०८२

निउरो टिप्‍न गएकी महिलालाई खोलाले बगायो

मृत्यु हुनेमा खैरहनी नगरपालिका-१ शाहीचोक बस्‍ने ३४ वर्षीया कल्पना श्रेष्ठ रिजाल रहेकी छन्। मंगलबार दिउँसो खैरहनी-६ तुल्सीपुरस्थित लदरी खोलामा निउरो टिप्न जाने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

National life
Laxmi sunrise bank
kumari

भरतपुर- चितवनमा निउरो टिप्‍न गएकी एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका-१ शाहीचोक बस्‍ने ३४ वर्षीया कल्पना श्रेष्ठ रिजाल रहेकी छन्। मंगलबार दिउँसो खैरहनी-६ तुल्सीपुरस्थित लदरी खोलामा निउरो टिप्न जाने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ। 

खोलाको डिलमा हिँडिरहेकी उनी चिप्लिएर लड्दा खोलाले बगाएको चितवन प्रहरीका प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए। 

घटनापश्चात ईलाका प्रहरी कार्यालय खैरहनीबाट उद्धारका लागि खटिएको टोलीले उनको शव घटनास्थलबाट १० मिटर तल फेला पारि पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाएको प्रवक्ता अधिकारीले जानकारी दिए।

प्रकाशित: Jun 28, 2022| 19:55 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।