महेन्द्रनगर- कञ्चनपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी दिनेश मल्लले उम्मेदवारी दिने भएका छन्। भीमदत्तनगरमा रहेर मुलुकका विभिन्न भागमा निर्माण व्यवसाय, ट्रेडिङ् र हाइड्रोमा संलग्न व्यवसायी मल्ल कञ्चनपुर उद्योग वाणिज्य संघको कार्यसमितिमा दुई पटक काम गरिसकेका छन्।
'हाम्रो काम नेतृत्वमा गएर यहाँ औद्योगिक क्षेत्रको विकासदेखि वामे सरेको सुख्खाबन्दरगाह बनाउन सकरात्मक दबाब दिने र लगानीमैत्री वातावरण तयार गर्ने हो,' उनले भने, 'व्यक्तिगत परिचय बनाउन मात्रै संस्थामा जान तछाममछाड गर्दा नीजि क्षेत्रको संस्थाको गरिमा साँघुरिदैछ।'